PANDA ले सहयोग गर्नसक्छ। तपाईं वा तपाईंले चिनेको व्यक्तिका लागि सम्पर्क गर्नुहोस्।
के तपाईं नव-अभिभावक हुनुहुन्छ वा बच्चालाई जन्मदिंदै हुनुहुन्छ? के तपाईंलाई जस्तो महशुस भईरहेको छ त्यसका कारण चिन्तित हुनुहुन्छ?

मानसिक सुस्वास्थ चेकलिस्ट
मानसिक सुस्वास्थ चेकलिस्ट
यो चेकलिस्टले तपाईंले कस्तो महसुस गरिरहनु भएको छ र मानसिक सुस्वास्थको लागि थप सहयोगबाट तपाईं लाभान्वित हुनु हुन्छ कि हुँदैन भन्ने राम्ररी बुझ्न तपाईंलाई मद्दत गर्ने प्रश्नहरू सोध्दछ।
पि.ए.एन.डि.ए. (PANDA) को बारेमा
PANDA ले प्रसवकालिन चिन्ता, डिप्रेशन र प्रसवोत्तर मनोविकृतिबाट प्रभावित व्यक्तिहरू तथा अभिभावक बन्ने क्रममा चुनौतीहरूको सामना गरिरहेका व्यक्तिहरूका लागि अष्ट्रेलियाको एकमात्र विशेषज्ञ राष्ट्रिय हेल्पलाईन संचालन गर्दछ।
हामी यस गम्भीर तथा साधारणतया कसैलाई हुन सक्ने बिमारीको बारेमा जागरूकता फैलाउन पनि काम गर्छौं ताकि यसबाट प्रभावित व्यक्तिहरूले उनीहरूलाई के भईरहेको छ भन्ने थाहा पाउन र मद्दत लिन सक्नेछन्।
हामी यस गम्भीर तथा साधारणतया कसैलाई हुन सक्ने बिमारीको बारेमा जागरूकता फैलाउन पनि काम गर्छौं ताकि यसबाट प्रभावित व्यक्तिहरूले उनीहरूलाई के भईरहेको छ भन्ने थाहा पाउन र मद्दत लिन सक्नेछन्।
“जब म यसको भुमरीमा थिएँ मलाई आफू कहिल्यै ठिक हुन्न जस्तो लागेको थियो। तर म ठिक भएँ।”
दोभाषेको उपलब्धता
अँग्रेजी भाषा नबोल्ने अथवा सुन्न वा बोल्न समस्या भएकाहरूलाई मद्दत गर्नका लागि PANDA सँग दोभाषेहरूसँगको पहुँच छ।
“मेरो बच्चा जन्मनुभन्दा अगाडि नै यो हुनसक्छ भनेर कसैले पनि मलाई भनेन!”
मद्दत कहिले लिने
गर्भवती हुनु वा नव-अभिभावक हुनु उत्साहपूर्ण र चुनौतीपूर्ण दुवै हुनसक्छ। यो परिवर्तनसँग तालमेल मिलाउने क्रममा केही अप्ठेरो हुनु स्वाभाविक हो। तर जब सामान्य उतारचढाव गम्भीर हुनथाल्छ, र दुई हप्ताभन्दा बढी समयसम्म यथावत रहन्छ, तब मद्दत लिनु पर्छ।
प्रसवकालीन चिन्ता र डिप्रेशन हुनु सामान्य हो।
पाँचजनामध्ये एक जना पहिलोपल्ट आमा हुन लागेको वा भएका र दशजनामध्ये एक जना भर्खर बाबु हुन लागेका व्यक्तिहरू प्रसवकालीन चिन्ता वा डिप्रेशनको अनुभव गर्दछन्। यो गर्भवती अवस्था (एन्टिनेटल antenatal) मा वा शिशुलाई जन्म दिएपछि (पोष्टनेटल postnatal) को पहिलो वर्षमा हुनुसक्छ। ‘पेरिनेटल (perinatal)’ शब्दले गर्भवती अवस्था र जन्म दिएपछिको पहिलो वर्ष दुवै समयलाई जनाउँछ।
“म मेरो जीवनसाथीको बारे चिन्तित छु तर उनी मसँग बोल्दिनन्।”
पोष्टनेटल मनोविकृति
पोष्टनेटल मनोविकृति एक दुर्लभ तर गम्भीर बिमारी हो जसले प्रत्येक १,००० मध्ये एक देखि दुई भर्खर आमा बनेकाहरूलाई असर गर्छ तथा आमा र बच्चा दुवैलाई जोखिममा पार्न सक्छ । यसले प्रायः सधैं अस्पतालमा भर्ना हुनु पर्ने बनाउँछ। यसका लक्षणहरू प्रायः अचानक देखा पर्छन् जसमा मनोदशामा चरम परिवर्तन हुने, व्यवहारमा ठूलो परिवर्तन हुने र वास्तविकताभन्दा पर रहने जस्ता लक्षणहरू पर्दछन्।
“म संसारभरिकै सबैभन्दा नराम्रो आमा हो।”
PANDA ले कसरी सहयोग गर्नसक्छ
यदि तपाईं आफ्नो भावनात्मक र मानसिक सुस्वस्थतालाई लिएर चिन्तित नव-अभिभावक बन्न लाग्नुभएको वा भई सक्नुभएको व्यक्ति हो – वा आफूले चिनेको व्यक्तिको लागि चिन्तित हुनुहुन्छ भने – सहयोग लिनु निकै महत्वपूर्ण छ। तपाईंले जति छिट्टो सहयोग लिनुहुन्छ, त्यति चाँडो तपाईंले राम्रो महशुस गर्न थाल्नुहुन्छ।
PANDA को राष्ट्रिय प्रसवकालीन मानसिक स्वास्थ्य हेल्पलाईनले भर्खर अभिभावक हुनु भएका तथा अभिभावक बन्न लाग्नु भएका सबैलाई निःशुल्क परामर्श दिन्छ।
हाम्रा उच्च तालिमप्राप्त र सहयोगी टेलिफोन परामर्शदाताहरूले तपाईंको समस्याहरू सुन्नेछन् र तपाईंलाई पुनः स्वस्थ हुनका लागि पहिलो कदम लिन मद्दत गर्नेछन्।
“यदि मैले कसैलाई म कस्तो महशुस गरिरहेको छु भनेमा उनीहरूले म एक नराम्रो अभिभावक हो भन्ने सोच्नेछन्।”
यसको बारेमा कुरा गर्नु नै सबै भन्दा राम्रो हुन्छ
प्रसवकालीन चिन्ता र डिप्रेशन एक गम्भीर स्वास्थ्य समस्या हो। यसले कुनैपनि नयाँ वा बन्नलाग्नुभएको अभिभावकलाई प्रभावित गर्न सक्छ। यो कुनै लाजमान्नु पर्ने कुरा होईन। यसको बारेमा कुरा गर्नु ठिक छ। वास्तवमा, तपाईंले यसो गर्नु झन् राम्रो हो!
अरूलाई आफ्नो संघर्षहरूका बारे भन्नु वा तपाईंलाई मद्दत चाहिएको छ भन्ने स्वीकार गर्नु कमजोरीको संकेत होईन। यसले तपाईं आफ्नो वा आफ्नो परिवारको लागि सबैभन्दा राम्रो चाहनुहुन्छ भन्ने देखाउँछ।
अरूलाई आफ्नो संघर्षहरूका बारे भन्नु वा तपाईंलाई मद्दत चाहिएको छ भन्ने स्वीकार गर्नु कमजोरीको संकेत होईन। यसले तपाईं आफ्नो वा आफ्नो परिवारको लागि सबैभन्दा राम्रो चाहनुहुन्छ भन्ने देखाउँछ।
“मलाई लागेको थियो कि म मेरो बच्चालाई तुरून्त माया गर्न थाल्छु, तर म मुश्किलले उनीतिर हेर्न सक्छु।”
प्रसवकालीन (पेरिनेटल perinatal) चिन्ता र डिप्रेशनका लक्षणहरू
लक्षणहरूमा निम्न पर्न सक्छन्:
- कुनै स्पष्ट कारण विना नै दुःखी हुने, उदास हुने वा रूने
- आफ्नो शिशुको स्वास्थ्य वा हितसँग सम्बन्धित भयका कारण सामान्यतया निरन्तर चिन्तित भईरहने
- आशंकित हुने, निराश रहने, वा आत्तिने
- सजिलै रिसाउने वा चिड्चिडाउने
- साथी तथा परिवारका सदस्यदेखि टाढिन थाल्ने
- तपाईंको शिशु निदाएको भएपनि तपाईंलाई सुत्न गाह्रो हुने
- अचानक मनोदशा परिवर्तन हुने
- निरन्तर थकान र शक्तिहीनता महशुस हुने
- वाक्वाकी लाग्ने, वान्ता, चिसो पसिना आउने, भोक नलाग्ने जस्ता शारीरिक लक्षणहरू
- सामान्यता तपाईंलाई आनन्द आउने कुराहरूमा कम चासो लाग्ने वा चासो नै नलाग्ने
- एक्लो हुँदा अथवा अरूसँग हुँदा डर लाग्ने
- कुनै कुरामा एकाग्र हुन, ध्यान दिन वा कुनै कुरा सम्झन गाह्रो हुने
- रक्सी वा लागूपदार्थको बढ्दो प्रयोग
- प्यानिक एट्याक (panic attacks) (मुटु तीव्ररूपमा धड्कने, पसिना आउने, श्वास फुल्ने, काम्ने वा शारीरिकरूपमा आफ्नो वरिपरिको वातावरणभन्दा अलगिएको महशुस हुने)
- मनोमानी गर्ने वा जबरजस्ती गर्ने व्यवहार बढ्ने
- मृत्यु, आत्महत्या वा आफ्नो शिशुलाई हानी पुर्याउने विचार पलाउने।
यहाँ उल्लेख गरिएका बाहेक पनि अन्य धेरै लक्षणहरू हुन्छन्। यदि तपाईं वा तपाईंको नजिकको कुनै व्यक्तिले दुई हप्ता वा सोभन्दा बढी समयदेखि आफूलाई चिन्तित बनाउने कुनै पनि लक्षण वा विचारहरूको सामना गरिरहनु भएको छ भने कृपया मद्दतको लागि जानुहोस् ।
““के सबै नव-अभिभावकले यस्तो नराम्रो महशुस गर्छन्?”
हाम्रो राष्ट्रिय प्रसवकालीन मानसिक स्वास्थ्य हेल्पलाईनमा निःशुल्क सम्पर्क गर्नुहोस्
फोन १३०० ७२६ ३०६
सोम – शुक्र बिहान ९ देखि बेलुका ७.३० सम्म AEST/AEDT
PANDA को राष्ट्रिय हेल्पलाइन तपाईंको भाषामा लगायत धेरै भाषाहरूमा उपलब्ध छ।
जब तपाईं PANDA हेल्पलाइनमा फोन गर्नुहुन्छ, विकल्प "1" थिच्नुहोस् र यसले तपाईंलाई दोभाषे चाहिएको हामीलाई थाहा दिन्छ।
तपाईंको फोन उठाइसकेपछि के हुन्छ:
तपाईंको फोन अंग्रेजी बोल्ने परामर्शकर्ताले उठाउनेछ। हामीले तपाईंले बोल्ने भाषा जान्न आवश्यक छ - परामर्शकर्तालाई आफूलाई बोल्न मनपर्ने भाषा मात्र बताए पुग्छ। तपाईंले अंग्रेजी बोल्न आवश्यक छैन।
PANDA ले एक दोभाषेको व्यवस्था गर्नेछ र उपलब्ध भएपछि हामी तपाईंलाई सहयोग गर्ने प्रक्रिया सुरु गर्नेछौं।
यदि दोभाषे उपलब्ध छैन भने, हामी तपाईंलाई पुनः फोन गर्नेछौं।
यदि तपाईंलाई अबिलम्ब मद्दत चाहिन्छ भने तीन शून्य (000) वा स्थानीय अस्पतालको आकस्मिक विभागलाई फोन गर्नुहोस्। यदि तपाईंलाई PANDA को हेल्पलाइन खोल्ने समय पछि सहयोग चाहिएमा Lifeline लाई 13 11 14 मा फोन गर्नुहोस्।
ग्राउन्डिङ व्यायाम
यो ग्राउन्डिङ अभ्यास तपाईंलाई आफ्नो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्न मद्दतका लागि तयार गरिएको हो।
PANDA ले अभिभावक हुन लाग्नुभएका र नव-अभिभावकहरूलाई निःशुल्क परामर्श दिन्छ।
PANDA ले अभिभावक हुन लाग्नुभएका र नव-अभिभावकहरूलाई निःशुल्क परामर्श दिन्छ।
गर्भवती हुँदा तथा नवजात शिशुलाई जन्म दिंदाको क्षणले हर्षका साथसाथै चुनौतीहरू पनि लिएर आउँछ।
यदि तपाईंले कठिन समयको सामना गरिरहनुभएको छ भने, सहयोग लिन अप्ठेरो नमान्नुहोस्।
तपाईं एक्लै हुनुहुन्न; तपाईंको मानसिक सुस्वस्थतामा सहयोग गर्न PANDA यहाँ उपस्थित छ।
तपाईंले PANDA लाई १३०० ७२६ ३०६ मा फोन गर्न सक्नुहुन्छ र हाम्रा परामर्शदाताहरू त्यहाँ तपाईंसँग कुरा गर्न उपलब्ध हुनेछन्। यो निःशुल्क फोन सेवा हो।
वा तपाईं www.panda.org.au मा जान सक्नुहुनेछ।
PANDA राष्ट्रिय हेल्पलाईन (सोमबार देखि शुक्रबार, बिहान ९ बजे देखि - बेलुका ७.३० बजे सम्म AEST/AEDT)